Skip to content
Prabhu

साल्ट ट्रेडिङको साधारणसभा चैत १५ गते, लाभांश प्रस्ताव सहितका एजेण्डा

nabil

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १५ गते ५८ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्नेछ । सभाले आर्थिक वर्ष २०८०÷८१ का हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश बापत् ३ करोड २० लाख ७१ हजार ६९५.५ रुपैयाँ (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत १ गतेभन्दा अघिसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउँने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal