Skip to content

अब मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने

काठमाडौं । बिहीबारदेखि मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो ।

मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैंक तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए। यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज बिहीबारदेखि लागू भएको उनले बताए ।

उनका अनुसार ससानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकाले यो व्यवस्था गरिएको उनको भनाइ छ । यसमा अन्य कुनै आर्थिक कारण नभएको उनको भनाइ छ । आजैदेखि एनसेलले पनि सोभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima