Skip to content

ईभी ह्याचब्याक सेगमेन्टमा आयो लिपमोटरको टी ०३, मूल्य कति ?

काठमाडौं। नेपाली इलेक्ट्रिक सवारी बजारमा लिपमोटरको नयाँ मोडल टी ०३ उपलब्ध भएको छ । सांग्रिला मोटर्सले यस मोडललाई आधिकारिक रूपमा बजारमा भित्र्याएको हो।

कम्पनीले यसअघि लिपमोटरको सी १० एसयूभी भित्र्याएको थियो। टी ०३ यो ब्रान्डको दोस्रो मोडल हो। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा ३३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले फुल चार्जमा ३९५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा ७० किलोवाट क्षमताको मोटर उपलब्ध छ। गाडी ५ वटा कलरमा उपलब्ध छन्। यसमा लक्जरी गाडीमा मात्रै हुने ८ वटा एयरब्याग छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima