Skip to content
Prabhu

अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन यूनाइटेड अजोडको अनुरोध

nabil

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत असार ३१ गतेसम्म परेको कृषि तथा पशुपन्छी दाबी निवेदनमा अपुग कागजात पेश गरेर दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीले पहिलो पटक सूचना प्रकाशित गर्दा समेत केही बीमितले थप कागजात पेश नगरेको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी प्रक्रिया रोकिएकाले पुनः सूचना प्रकाशित गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीले त्यस्ता बीमितहरूलाई थप कागजात पेश गर्न र प्रधान, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न १४ दिने थप समयावधि दिएको छ । यस अवधिमा पनि थप कागजात प्राप्त हुन नआएमा वा बीमित सम्पर्क बाहिर रहेमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal