Skip to content
Prabhu

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ६ कम्पनी सर्टलिस्टमा

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्ट गरेको छ । नेपाल राष्ट्र बैंकले फागुन १९ गते सोमबार एक सूचना जारी गर्दै बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्टमा परेको जनाएको हो ।

सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

अब सर्टलिस्टमा परेका कम्पनीसँग राष्ट्र बैंकले प्रस्ताव आह्वान गर्ने छ र त्यसपछि प्राविधिक रुपमा योग्य देखिएका कम्पनीलाई वित्तीय प्रस्ताव पेस गर्ने भनिने छ । राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नका लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal