Skip to content
Prabhu

बीमा कम्पनीहरूको व्यवसाय १० प्रतिशतले वृद्धि, ७ महिनामा संकलन गरे १ खर्ब २० अर्ब बढीको बीमा शुल्क

nabil

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा बीमा कम्पनीहरुको गत आवको सोही अवधिको भन्दा १० प्रतिशतले व्यवसाय वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १०.३० प्रतिशतले वृद्धि भएको हो ।

प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा र १४ वटा जिर्नीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ खर्ब २० अर्ब ७८ करोड ८८ लाख ९९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको साही अवधिमा बीमा कम्पनीहरुको यस्तो शुल्क १ खर्ब ९ अर्ब ५१ करोड ४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले ९६ अर्ब १ करोड १८ लाख ९६ हजार रुपैयाँ छ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको भन्दा १०.४६ प्रतिशतले धेरै हो । गत आवको माघ मसान्तसम्मा जीवन बीमा कम्पनीहरूले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै, चालु आवको माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब ७७ करोड ७० लाख ३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत आवको सोही अवधिमा भन्दा ९.६९ प्रतिशतले धेरै हो । निर्जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिसम्ममा २२ अर्ब ५८ करोड ७३ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

प्राधिकरणका अनुसार चालु आवको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या बढे पनि जीवन बीमा कम्पनीहरूमा जारी जीवन बीमालेखको संख्यामा भने उल्लेख्य गिरावट आएको छ । यो अवधिमा जिर्नीवन बीमा कम्पनीको बीमालेख संख्या ६.९८ प्रतिशतले वृद्धि भएको छ भने जीवन बीमा कम्पनीहरुको जारी जीवन बीमालेखको संख्यामा २०.४ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या ३३ लाख ६८ हजार २९४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल जारी जीवन बीमालेखको संख्या ४२ लाख ३१ हजार ६२४ रहेको थियो । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ४१ लाख ५३ हजार ८४८ रहेको छ ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ३७ लाख ९४ हजार १३७ रहेको थियो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म निर्जीवन बीमालेखको संख्या १८ लाख २१ हजार ९२७ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा १७ लाख २ हजार ९८७ थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal