Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकले एआई/एमएल ह्याकाथन आयोजना गर्ने

nabil

काठमाडौं । ग्लोबल आईएमई बैंकले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

global
अर्घाखाँची सिमेन्ट

ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र चुनौतीको समाधान खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रहेर आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नवीनतम धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ। प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ ।

पहिलो चरणको लागि प्रतियोगिहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्नेछ । दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।

ग्लोबल आईएमई बैंकले ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटिएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फ सेवा दिँदै आएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड, २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स, २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal