काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्य १ हजार ५२० रुपैयाँ २० पैसा पुगेको छ । कारोबार खुलेदेखि नै लगातार रुपमा सकारात्मक सर्किट लागेको कम्पनीमा आज पनि सकारात्मक सर्किट लागेर सेयर मूल्य १ हजार ५०० भन्दा माथि पुगेको हो ।
आजको कारोबार खुलेको पहिलो मिनेटमा नै यो कम्पनीको सेयर मूल्य १३८ रुपैयाँ २० पैसाले बढेर सर्किट लागेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य आज कारोबारमा आएको १७ औँ दिन हो ।
यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक भने ० दशमलव ७३ अंकले घटेर कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्