काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले करिब एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले खरिद गर्न पाउने गरी ९७ हजार ७९३ कित्ता सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सेयर किन्न इच्छुकले (आज) फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्