Skip to content
Prabhu

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान हटाए सडक र सदन चर्काउने शाहीको चेतावनी

nabil

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लंघन हुने गरेको बताए । उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अंक दिएर षड्यन्त्र गरिएको बताए ।

global
अर्घाखाँची सिमेन्ट

उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदै छ र मन्त्रिपरिषद्ले निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal