Skip to content
Prabhu

उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

nabil

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरुले सुविधावापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानार्कषण गराएका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरुले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरुले पैसा पाउँछन् , उनले प्रश्न गरे । सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरु प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानार्कषण गराए ।

उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे ।
सांसद गैरेले शिक्षक महासंघले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गर्नुभयो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal