Skip to content
Prabhu

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

nabil

दशरथचन्द । यहाँबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

मंगलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताए । विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उनले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal