काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले अहिले बीमा कम्पनीहरुसँग कम्पनीका ब्रिफिङ लिइरहेका छन् । फागुन १२ गते अध्यक्षमा नियुक्त भएका ओझाले अहिले बीमा कम्पनीहरुसँग उनीहरुका समस्याका विषयमा जानकारी लिन ब्रिफिङ लिइरहेका हुन् ।
कम्पनीका समस्या र सुधार गर्नुपर्ने कामहरुका विषयमा अध्यक्ष ओझाले प्रत्यक कम्पनीसँग सल्लाह लिइरहेका हुन् । अहिले अध्यक्षले छोटोछोटो ब्रिफिङ लिने काम भइरहेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । ‘प्राधिकरणले कार्यगत र नीतिगत रूपमा गर्नुपर्ने कामहरु जानकारी लिनु भएको छ, ’ प्राधिकरणका प्रवाक्ता सुवेदीले भने ।
अध्यक्ष ओझाले विगत तीन दिनदेखि कम्पनीहरुसँग छलफल गरिरहेका छन् । हालसम्म ७ कम्पनीसँग छलफल सकिएको प्रवक्ता सुवेदीले लगानी न्युजलाई जानकारी दिए । ओझालाई फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्