काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको सयमसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्