काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि मात्रै बाडँफाँड हुने भएको छ । यसअघि आज बिहीबार आईपीओ बाँडफाँड गर्ने भनेकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार मात्रै बाँडफाँड गरिने भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन् ।
जसमध्येबाट भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०÷१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो हुनेछ ।
प्रतिक्रिया दिनुहोस्