Skip to content

‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर’ कार्यक्रम आयोजना हुने

nabil
global ime

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाको संस्थापक अध्यक्ष स्व. प्रभाकर एसजेबी राणाले नेपालको औद्योगिक, ब्यापारिक तथा नेपाली नीजी क्षेत्र लगायत समग्र नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानका कदर गर्दै ‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर’ नामक कार्यक्रमको आयोजना गर्दैछ ।

कार्यक्रममा इन्टरनेशनल मनिटरी फण्ड (आईएमएm)का कार्यकारी निर्देशक एवं भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्थि भेन्कटा सुब्रमनियनले परिबर्तित बिश्व अर्थतन्त्रको बर्तमान परिबेश, दक्षिण एशिमा नेपाल–भारत आर्थिक सम्बन्ध तथा यसको महत्व र आगामी दिशा निर्देशका बारेमा बिचार ब्यक्त गर्नु हुने बताइएको छ ।

त्यस्तै उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, निजी क्षेत्रका नेतृत्व एवं प्रतिनिधिहरु ल्गायत कुटनीतिक क्षेत्रका बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहने जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T