Skip to content

बेको एसीको निःशुल्क सेवा शिविर, एसी खरिदमा २० प्रतिशतसम्म छुट

nabil bank

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ । यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन् ।

सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिनेछ, जसअन्तर्गत ५० प्रतिशत सम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ बेकोको एसीसँग साट्न सक्नेछन् । त्यसैगरी नयाँ एसी खरिदमा विशेष २० प्रतिशत सम्मको छुट र एसीको स्पेयर पाट्र्स आवश्यक परेमा, ५० प्रतिशत सम्मको छुट को व्यवस्था गरिएको छ ।

यस विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो । ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा ३ हजार मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले १६६–००–१०२–२११ वा ०१–५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । साथै, सीजी एक्सेलको आधिकारिक वेबसाइटमार्फत पनि स्व–मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
अधिक जानकारीका लागि वेबसाइट : www.cgxelec.com/exchange

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi