Skip to content

सिप्रदी ट्रेडिङले नेपालमा बेच्यो १०० युनिट टाटा एस ईभी

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १०० भन्दा बढी युनिट बिक्री तथा १० लाख बढी किलोमिटर उत्सव मनाएको छ।

नेपालका साना तथा मध्यम उद्यम (एमएसएमई) र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस इभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ।

हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउन टाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन, र इटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ।

टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।

कार्यक्रममा टाटा मोटर्सका सिबिआइबी प्रमुख असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थिति थिए। उनीहरूले टाटा एस ईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima