काठमाडौं । पछिल्लो समय मानिसहरूका लागि आधारभूत आवश्यकता नै भइरहेको छ घर निर्माण ।
आर्थिक रूपमा घर निर्माण गर्नका लागि आवश्यक पर्ने पुँजी अभावका कारणले यदि घर निर्माण गर्न सक्नुभएको छैन भने यो सपनालाई सिटिजन्स बैंकले साकार पार्ने छ । रकम अभावमा घर बनाउने तपाईंको सपना अधुरो हुने छैन ।
अहिले सिटिजन्स बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ । त्यो पनि स्थिर रूपमा । बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर खरिदका लागि कर्जा प्रवाह गरिरहेको हो । उक्त ब्याजदर ७ वर्षसम्मका लागि स्थिर रहने बैंकले जनाएको छ । ७ वर्षपछि भने बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ ।
नेपालीहरू ऐतिहासिक र परम्परागत रूपमा जग्गा किन्न र आफैं घर बनाउन रुचाउने र त्यसलाई सहज बनाउनका लागि बैंकले यो योजना ल्याएको जनाएको छ । पछिल्लो समय बदलिँदो जीवनशैलीसँगै तयार घरहरूको माग पनि बढ्दै गएको छ । यसलाई मध्यनजर गर्दै बैंकले विभिन्न आवश्यकता र परिस्थितिहरूका लागि ऋण प्रदान गर्ने जनाएको छ ।
बैंकले जग्गा खरिद/वा भवन, अपार्टमेन्ट, नवीकरण, निर्माण र आवासीय सम्पत्तिहरूको विस्तारका लागि कर्जा पवाह गर्ने जनाएको छ ।
बैंकले जग्गा र भवन खरिद गर्न, भवन निर्माण गर्न अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । ऋणको अधिकतम अवधि २५ वर्ष तोकिएको छ । तर, ग्राहकको क्षमताका आधारमा २५ वर्षभन्दा कम अवधिमा पनि ऋण चुक्ता गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार जग्गा खरिद, भवन तथा अपार्टमेन्ट निर्माण गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा अवस्थित कर्जा सार्नका लागि पनि कर्जा दिनेछ । यसका साथै बैंकले जग्गा खरिद गर्ने उद्देश्यका लागि मात्रै पनि ऋण दिनेछ । तर, यस्तो अवस्थामा ब्याजदर भने थोरै बढी हुनेछ । यस योजनामा बैंकले ०.७५ प्रतिशत स्ट्याण्डर्ड प्रोसेसिङ शुल्क तोकेको छ ।
यो योजना नियमित रूपमा तलब आउने स्वरोजगारी नेपालीहरू धितो राख्नुपर्ने जग्गा वा भवनमा प्रचलित सरकारी नियमअनुसार मोटर जाने बाटो हुनुपर्ने ।
स्वरोजगार व्यक्तिहरूको हकमा, व्यवसाय कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, अन्तिम ऋण परिपक्वताको समयमा ऋणीको न्यूनतम १८ वर्ष र अधिकतम उमेर ७५ वर्ष हुनुपर्ने ।
ऋणी वा ऋणीहरूको अविभाजित परिवारको सम्पत्तिबाहेक तेस्रो पक्षको धितो स्वीकार्य हुने छैन ।
प्रतिक्रिया दिनुहोस्