Skip to content

झोरबाट २५ करोड रकमसहित १ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले नेपालबाट चीनतर्फ पठाइएको ३ लाख २० हजार ३८५ अमेरिकी डलर र १३ लाख ७५ हजार युरो बरामद गरिएको छ।

उक्त रमक अपराध अनुसन्धान कार्यालयले  टोखा नगरपालिका–१ झोर क्षेत्रबाट गए राति एक जनालाई पक्राउ गरेको हो ।

ना१ख १६५२ नम्बरको नेपाली कन्टेनरमा रहेको उक्त रकमको नेपाली विनिमय दरका आधारमा २५ करोड २१ लाख ४४ हजार हुने प्रहरीले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T