Skip to content

गृह मन्त्रालयले गर्‍यो ७ सिडियोसहित १३ सहसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले बुधबार ७ वटा जिल्ला प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ। मन्त्रालयले आज गरेको निर्णयअनुसार १३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो। जसमध्ये सातवटा कार्यालयका प्रमुख जिल्‍ला अधिकारी हेरफेर भएका हुन्।

गृहका सहसचिव दिलकुमार तामाङ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख भएका छन्। उनको त्यहाँ पदस्थापन भएको हो।कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्यालको मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरुवा भएको छ। जगदिश्वर उपाध्यायको सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन भएको छ। भविश्वर पाण्डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भएका छन्।

बागलुङमा कुमान सिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुइँटेल र अछाममा आनन्द सारूको पदस्थापन भएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T