Skip to content

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नापजाँच सुरु गरिएको छ ।

भूमि समस्या समाधान आयोग नवलपरासीले आज एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नापजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताए। उनले भने, ‘तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नापजाँच सुरु भएको छ ।’

नापजाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताए। प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आजदेखि सुरु गरिएको जग्गा नापजाँचले पालिकाभित्रका अव्यवस्थित बसोबास भएकाको जग्गा व्यवस्थित हुने विश्वास व्यक्त गरे। गाउँपालिकाको आर्थिक सहयोगमा भूमि आयोगले नापजाँच सुरु गरेको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima