Skip to content

इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार

इटहरी(सुनसरी),१३ चैतः व्यावसायिक भवनमा आगलागी हुँदा फसेकाहरुको उद्दार जारी इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आज बिहान आगलागी हुँदा भवनभित्र रहेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार जारी । सेन्टर प्लाजा नामले परिचित भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । तस्बिरः ध्रुव ढकाल/रासस

सुनसरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामा ३ महिला र ८ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T