Skip to content

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भाटभटेनि लुटपाटमा संलग्न रहेकाहरुलाई आज विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई, धुनुषको मिथिला नगरपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल कोटेश्ववर ३२ बस्ने आशिष सिंह र सर्लाहीको बरथहवा नगरपालिका वडा नम्बरमा १६ घर भइ हाल काठमाडौंको कोटेश्वरमा बस्ने प्रेम कुमार महत्तो, सिन्धुपाल्चोक चौतारा घर भइ हाल कोटेश्वसर बस्ने निर्मला कार्की, सिन्धुली घर भइ काठमाडौंको कोटेश्वर वस्ने चित्र माया बस्नेत र सिन्धुली घर भइर काठमाडौंको कोटेश्वरमा बस्ने सुस्मिता बराल रहेको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न भई फरार भएका उनीहरुलाई सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi