Skip to content

घिसिङ र शाक्यको रिट हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्न नमिल्नेमा राखिकएको छ ।

घिसिङ र शाक्य दुवैको रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो । न्यायाधीशहरू राउत र सुवेदीको इजलासमा रिट परेका कारण आइतबारका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको हो ।

दुवै जनाको रिटको पेशी सोमबारका लागि तोकिएको छ । आफूलाई विना कारण सरकारले हटाएको भन्दै घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए भने आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T