काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत १७ गते २५ अर्ब रुपैयाँ उठाउने भएको हो ।
केन्द्रीय बैंकले आज २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साँवा र ब्याज भुक्तानी मिति वैशाख ७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्