Skip to content
Prabhu

राष्ट्र बैंकद्वारा ५०० रुपैयाँका नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ । नोट छपाइको जिम्मेवारी पाउने कम्पनी छनोट गर्न बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

यसअघि राष्ट्र बैंकले नयाँ नोट छपाइ, डिजाइन र आपूर्तिका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको थियो । उक्त सूचीमा छ वटा अन्तर्राष्ट्रिय कम्पनीलाई बोलपत्र पेश गर्न अनुमति दिइएको छ । बैंकले चीन, बेलायत, जर्मनी, रूस, फ्रान्स र पोल्याण्डका प्रतिष्ठित छपाइ कम्पनीहरूलाई छनोट गरेको छ। इच्छुक कम्पनीहरूले २०२५ मे १४ भित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal