Skip to content

कोटेश्वर भाटभटेनी सुपरमार्केटमा लुटपाट र तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा शुक्रबार राजावादी अराजक समूहले गरेको तोडफोड र लुटपाटबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

राजावादी समूहले तीनकुनेमा आगजनी गर्दै कोटेश्वर पुगेको अराजक भीडले भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा गरेर भवन र गाडीमा क्षति पुर्‍याएका थिए।

उनीहरूले सुपरमार्केट भित्रै पसेर सामानहरु लुटेका थिए। प्रहरीले तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ।

तोडफोडबाट भवनमा ११ लाख ८५ हजार बराबरको क्षति पुगेको भाटभटेनीले जनाएको छ। यस्तै, करिब ६४ लाख ८८ हजार रुपैयाँको समान नष्ट भएको छ।

२ लाख ६५ हजार रुपैयाँको फ्रिजर र शोकेस क्षति पुगेको छ। यस्तै, ९४ हजार रुपैयाँ नगद चोरी भएको छ। भाटभटेनीले यही रकम बराबर इन्स्योरेन्स दाबी गर्ने भएको छ। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima