Skip to content

सामान्य कर्मचारीको विषयमा अल्झनु हुन्नः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् । उनले यस्ताे सानो विषयलाई लिएर संसद् अवरोधको गर्नु उचित नहुनेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए । विपक्षीका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहोर्‍याए ।

‘मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi