Skip to content

आपराधिक गतिविधि नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको हो : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार राजावादी समूहले गरेको प्रदर्शन विथोल्ने कुनै उद्देश्य भएको जिकिर गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लागिरहेका बेला बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यले आपराधिक गतिविधि नियन्त्रणमा लिनका लागि बल प्रयोग गरिएको बताएका हुन् ।

‘प्रहरीले यो कुनै हिसाबले कार्यक्रम बिथोल्ने उद्देश्यले नभइ निश्चित अराजक, आपराधिक गतिविधि नियन्त्रित गर्नका लागि न्यूनतम बल प्रयोग गरेको सम्पूर्ण पत्रकारमार्फत आमनागरिकलाई सञ्चार गर्न चाहन्छु,’ उलने भने । उनले कफ्र्यू जारी भइसकेको अवस्थामा समेत सांसद्को गाडी जलाइएको, विभिन्न ठाउँमा आगजानी भएको, नरेफाँट, कोटेश्वर क्षेत्रमा तोडफोड लगायतका घटना भएको भन्दै परिस्थितिलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग भएको बताए ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न हिसाबले भ्रम छर्ने प्रयास भएको भन्दै उनले थपे, ‘प्रहरीले नै कार्यक्रम बिथोल्यो भन्ने भन्दा पनि तत्काल सामाजिक सञ्जालमै देखिएका विभिन्न चिजहरु छन्, त्यहाँ भएका फुटेज छन्, विभिन्न न्यूज एजेन्सीले लिएका फुटेजहरुमा सम्पूर्ण रुपमा हेर्दा प्रहरीले त्यहाँको भयावह स्थितिलाई नियन्त्रणमा लिन न्यूनतम फोर्स प्रयोग गरेको भन्ने देखिन्छ ।’

शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु र कम्तिमा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi