काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको छैठौं साधारणसभा सुरु भएको छ । सभा काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजेदेखि सुरु भएको हो ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्