Skip to content

३४ टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार ३४ टन प्याज चोरी पैठारीमा संलग्न भएको भन्दै शिव पार्वती ट्रेडर्सका सञ्चालक जनकदुलारी देवी, भारतीय मालवाहक १६ चक्के लरी ट्रकका चालक उमेश यादव र ट्रकका धनी भारतीय नागरिक नरेश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

अभियुक्तहरूले प्याज पैठारी गर्दा भन्सार जाँचपास नगराई भन्सार छली चोरी पैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरेको भन्दै बिगो र जरिवानासहित ३६ लाख ५८ हजार १०० रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ ।

यसैगरी, १६ चक्के लरीका धनी यादवलाई ट्रक जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी अभियोग दर्ता गरिएको छ । चालु आर्थिक वर्षमा राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका १२ वटा मुद्दा दर्ता गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima