Skip to content

अदालतको आदेश पछि रविले भने– आफैले गिरफ्तारी दिँदैछु

nabil bank

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफूले गिरफ्तारी दिन लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले गिरफ्तारी दिन लागेको बताएका हुन् ।

यद्यपि उनले आफूमाथि ठुलो अन्याय भएको गुनासो गरेका छन् । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदै छु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठुलो अन्याय भएको छ’, उनले भनेका छन् ।

यसअघि शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi