Skip to content

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौं : प्रधानमन्त्री मोदी

nabil bank
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार थाइल्याण्डको बैङ्ककमा भेटवार्ता गर्नुहुँदै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताए ।
‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्यौँ’, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन् ।
उनले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताए।
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीबीच करिब ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi