काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले लगाएको भन्सारको प्रभाव विश्वभरका सेयर बजारमा परेको छ । सोमबार बजार खुल्नासाथ भारतीय सेयर बजार सेन्सेक्स र निफ्टी ३ प्रतिशतले घटेको छ ।
सेन्सेक्स ३ हजार अंक तथा निफ्टी साढे ८ सय अंकले घटेको हो । भारत मात्र नभएको सोमबार बजार खुल्नासाथ एशियाका अन्य देशका सेयर बजारमा समेत यसको प्रभाव परेको छ ।
जापानको निक्केई ६ प्रतिशत, कोरियाको कोस्पी परिसूचक ४।५० प्रतिशत, चीनको सांघाई परिसूचक ६.५ प्रतिशतले घटेको छ ।
वित्तीय टिप्पणीकार जिम क्रेमरले सन् १९८७ जस्तै ‘ब्ल्याक सोमबार’ हुने भविष्यवाणी गरेका छन् । क्रेमरले भने– अमेरिकी बजार आज २२ प्रतिशतले घट्न सक्छ ।
अमेरिकाले भन्सार नीतिमा ठूलो परिवर्तन गरेको छ । जस अनुसार भारतलाई २६ प्रतिशत कर लगाउने घोषणा गरेको छ । भारतबाहेक चीनमा ३४ प्रतिशत, युरोपेली युनियनमा २० प्रतिशत, दक्षिण कोरियामा २५ प्रतिशत, जापानमा २४ प्रतिशत, भियतनाममा ४६ प्रतिशत र ताइवानमा ३२ प्रतिशत कर लगाइनेछ । चीनले पनि अमेरिकालाई ३४ प्रतिशत करा लगाएको छ ।
दुई दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वभर टिट फर ट्याट ट्यारिफ लगाएका थिए। यसमा चीनमा ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको थियो । अहिले चीनले अमेरिकामा पनि त्यही ट्यारिफ लगाएको छ । अर्थशास्त्रीहरुले भन्सार युद्दले आर्थिक मन्दीको चिन्ता व्यक्त गरेका छन् ।
।
प्रतिक्रिया दिनुहोस्