Skip to content

नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गभर्नर नियुक्त गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गभर्नर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, ‘गर्भनर नियुक्तिका लागि दुई पार्टीबीच भागबण्डा नमिलेर ढिलाइ भएको भन्ने कुरा गलत हो, नियुक्ति गर्न सिफारिस समिति बनिसकेको र अध्ययन भइरहेको छ ।’

उनले तत्कालका लागि कायममुकायम गर्भनरको जिम्मा डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनालाई दिएको जानकारी दिए । सरकारले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गभर्नर ढुङ्गाना तिम्सिनालाई गत सोमबार दिएका थिए ।
यही चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन छ ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेको तीनमध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima