Skip to content
Prabhu

किन ओरालो यात्रामा छ विश्वको सेयर बजार ? आर्थिक मन्दिको खतरा

nabil

एजेन्सी । यति बेला विश्वका अधिकांश देशका शेयर बजारमा आरालो देखिएको छ । अमेरिकादेखि भारतको शेयर बजारमा रातो देखिएको छ ।

अमेरिकाको डो सोमबार मात्रै ४०० अंकले घट्यो भने एस एण्ड पी ५०० अंकले घटेको छ । भारतको नेशनल स्टक एक्सचेन्जको निफ्टी तीन प्रतिशतभन्दा बढीले घट्यो भने सेन्सेक्सले लगभग ३ प्रतिशतको गिरावटको सामना गर्यो ।
वास्तवमा, बजारमा यो गिरावटको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विभिन्न देशहरूमा रेसिप्रोकल ट्यारीफ लगाउने निर्णय हो । यसको अर्थ हो कि जुन देशहरूले अमेरिकी सामानको आयातमा ड्यूटी लगाएका छन्, ट्रम्पले ती देशहरूको विरुद्ध ट्यारीफ लगाउने घोषणा गरेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

चीनसहित धेरै देशहरूले अमेरिकाविरुद्ध नयाँ ट्यारीफ लगाउने घोषणा गरिसकेका छन् । परिणामस्वरुप ट्यारीफ युद्धको रूप लिँदै गएको छ । शेयर बजारमा डरको वातावरण बनिरहेको छ किनकि लगानीकर्ताहरूलाई यो आशंका छ कि ट्यारीफ युद्धका परिणाम गम्भीर हुन सक्छन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पनि यो आशंका व्यक्त गरेको छ कि राष्ट्रपति ट्रम्पका यी कदमहरूले अमेरिकी आर्थिक वृद्धिमा नकारात्मक असर पार्न सक्छ, यहाँसम्म कि अमेरिकी अर्थव्यवस्था मन्दीको सिकार हुन सक्दछ ।
भारतीय बजारबारे चर्चा गर्दा सोमबार शेयर बजार खुल्नेबित्तिकै एकाएक शेयरहरूको बिक्री सुरु भयो । यसको सबैभन्दा ठूलो असर आईटी कम्पनीहरूमा देखियो । मेटल स्टक्स र फाइनान्सियल स्टक्सलाई पनि बिक्रीको दबाबमा पर्यो ।
वास्तवमा, शेयर बजारको उतार–चढ़ाव मापन गर्ने इन्डेक्स हो इन्डिया वीआईएक्स । यो भारतीय शेयर बजारको आगामी ३० दिनको अस्थिरता अनुमान गर्नका लागि एक इन्डिकेटर मानिन्छ । यो इन्डिकेटर निफ्टी ५० अप्शन्सको बिड–आस्क मूल्यहरूका आधारमा गणना गरिन्छ । यदि इंडिया वीआईएक्स बढी छ भने यसको अर्थ बजारमा डर र अनिश्चितता बढी छ, र यदि वीआईएक्स कम छ भने बजार स्थिर छ ।

भारतीय बजारको मात्र होइन, सोमबार यूरोप र एशियाका बजारहरूमा पनि गिरावट हावी रहेको थियो । लगानीकर्ताहरूमा डरका कारणले शेयरको बिक्री धमाधम भएको देखियो । यसले बजार राताम्मे भयो । चीनको शंघाई, जापानको टोकियो र हङकङको बजारमा ठूलो गिरावट देखियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि देशलाई आफूले लागू गरेको नयाँ ट्यारिफ नीतिमा राहत दिने कुनै संकेत गरेका छैनन् । उनले सोमबार ट्यारीफलाई औषधि भनेका थिए ।

ताइवानमा पनि सोमबारको ट्रेडिङ समयमा बजार लगभग १० प्रतिशतसम्म घट्यो भने जापानको निक्केई सात प्रतिशतसम्म घट्यो । शुक्रबार अमेरिकी बजारको सूचकांक एसएंडपी ५०० लगभग ६ प्रतिशतसम्म घटेको थियो । विश्वव्यापी बजारको गिरावटको असर घरेलु बजारमा पनि देखिन थाल्यो ।

ट्रम्पका ट्यारिफसम्बन्धी पछिल्ला भनाइका कारण पनि लगानीकर्ताहरूलाई अहिले वार्ताबाट कुनै राम्रो परिणामको आशा देखिँदैन । त्यसको असर एशियाली अर्थव्यवस्थामा यो डरको वातावरण बनेको छ । विश्वव्यापी व्यापार युद्धका कारण अमेरिका र अन्य अर्थव्यवस्थामा वृद्धि कम हुन सक्छ, वा मन्दीको सामना गर्न सक्छ । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था हो र यस्तो अवस्थामा एशियाली निर्यातकहरूलाई थप समस्या आउन सक्छ ।

विश्लेषकहरूले ट्रम्पका यी कदमहरूले मूल्यवृद्धि हुन सक्छ भने कम्पनीहरूको आम्दानी र मुनाफामा नकारात्मक असर पर्नेछ । किनकि अमेरिका विश्वको आर्थिक केन्द्रको रूपमा मानिन्छ, कम्पनीहरूलाई यसको मूल्याङ्कन गर्न समय लाग्नेछ कि उनीहरूले आफ्नो उत्पादन कति राख्नु पर्छ ।

यही अप्रिल २ मा रेसिप्रोकल ट्यारीफ लगाउने ट्रम्पको घोषणापछि चीनले अमेरिकी सामानहरूमा ३४ प्रतिशतको अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको थियो । यसको अर्थ चीन पनि कुनै सम्झौतामा जानको लागि तयार छैन र संसारले व्यापार युद्धको चपेटामा पर्न सक्छ ।

रोयटर्सका अनुसार, जेपी मॉर्गनले हालको परिस्थितीमा चिन्ता व्यक्त गर्दै भनेको छ कि अमेरिका र वैश्विक अर्थव्यवस्थाको मन्दीमा जानको सम्भावना ६० प्रतिशतसम्म बढेको छ। यसअघि यो अनुमान ४० प्रतिशत रहेको थियो । जेपी मॉर्गनका मुख्य अर्थशास्त्री ब्रुस कासम्यानले भने, “अमेरिकाका नयाँ व्यापार नीति यदि लामो समयसम्म जारी रहन्छ भने यो अमेरिका मात्रै होइन, संसारको आर्थिक स्वास्थ्यको लागि ठीक हुँदैन र अर्थव्यवस्था मन्दीको चपेटामा पर्न सक्छ ।”

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal