काठमाडौं । हाइड्रोइलेक्टी«सिटी इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले पुरानो आठवटा आर्थिक वर्षको लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आव ०७२/७३ र ०७३/७४ को ५ प्रतिशत नगद लाभांश, ०७४/७५ को १० प्रतिशत बोनस सेयर, ०७५/७६ को १२ प्रतिशत नगद लाभांश, ०७७/७८ को ८ प्रतिशत र ०७८÷७९ को ५ प्रतिशत बोनस सेयर, ०७९/८० को ५.२६३ र ०८०/८१ को ५.२५ प्रतिशत नगद लाभांश लिन आग्रह गरेको हो ।
हालसम्म पनि लाभांश नलिएका सेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् । यसका लागि सेयर अभौतिकीकरण नगरेको भए सो गर्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्