Skip to content
Prabhu

राष्ट्र बैंक जस्तो स्वायत्त संस्थामा राजनीतिक दबाब हुनुहुँदैन : अर्थमन्त्री पौडेल

nabil

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त संस्था रहेको र रहनुपर्ने बताएका छन् । मंगलबार नाडा अटो मोबाइल एसोसिएसनले आयोजना गरेको अटो डाइलक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

केन्द्रीय बैंकलाई हामीले स्वायत्त संस्थाका रूपमा परिकल्पना गरिएको छ । यसलाई स्वायत्त नै रहन दिनुपर्छ । यसमा अनावश्यक रूपमा राजनीतिक दबाब हुनुहुँदैन भन्ने विश्वासमा सरकार रहेको उनको भनाइ थियो । राष्ट्र बैंकले नै नीति बनाउने र लागू गर्ने भएकाले केन्द्रीय बैंकले लिने नीतिहरुका विषयमा बैंकले व्यवसायीलाई आश्वस्त पार्न सक्नुपर्ने अर्थमन्त्रीले बताए ।

global
अर्घाखाँची सिमेन्ट

व्यावसायिक वातावरण निर्माणका लागि सरकार सधैं तत्पर रहेको उनले बताए । अर्थतन्त्रमा देखिएको दबाबको स्थितिबाट पार पाउनका लागि सरकारले काम गरिरहेको उनको दाबी थियो ।

निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेर अध्यादेश ल्याएर कानुन निर्माण भइसकेको भन्दै ती कानुनको कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावलीहरु पनि बनाउने काम भइरहेको उनको भनाइ थियो ।

सरकार अहिले बजेट निर्माणको क्रममा रहेको भन्दै आम नागरिकको बिजनेस बजेट हुनुपर्ने उनको भनाइ थियो । बजेट निर्माणमा सबै क्षेत्रको भूमिका रहने र सबैको सुझाब समेटेर बजेट निर्माण गरिने उनले बताए । ‘बजेट निर्माणका विषयमा आएका सुझाबहरुलाई समावेश गरेर बजेट निर्माण हुन्छ,’ अर्थमन्त्री पौडेलले भने ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै सरकारले निजी क्षेत्रलाई सधै प्रोत्साह गर्ने मन्त्री पौडेकाले भनाइ छ । आकारभन्दा पनि त्यसले पार्ने प्रभावलाई हेर्नुपर्ने उनको भनाइ थियो । ट्रेडिङबाट सुरु भएको अटो मोबाइल क्षेत्र अहिले उत्पादनमा पनि जोडिएको भन्दै यो निकै उपलब्धि मूलक रहेको पौडेलको भनाइ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal