Skip to content
Prabhu

ईभीको लगानी घरजग्गा र सेयरमा गरेको जस्तो नहोस् : बैंकर्स संघका अध्यक्ष कोइराला

nabil

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले जुन रूपमा इभिमा लागनी भइरहेको छ त्यसमा ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार नाडा अटो मोबाइल एसोसिएसनले आयोजना गरेको अटो डाइलक कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सीईओसमेत रहेका कोइरालाले यसअघि घरजग्गा र सेयरमा गरेको लगानी जस्तो नहोस् भन्दै ध्यान दिनुपर्ने बताएका हुन् ।

अहिले जोकोहीले पनि ईभी ल्याएर बिक्री गर्न दिँदा त्यसको विश्वसनियतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । लामो समयसम्म अटो मोबाइल क्षेत्रमा काम गरेकाहरुलाई मात्रै ईभी आयात गरेर बिक्री गर्ने जिम्मा दिनुपर्ने उनले बताए ।

global
अर्घाखाँची सिमेन्ट

‘केही पहिला घरजग्गामा लगानी गर्ने बाढी आयो । सबैले त्यहाँ नै लगानी गरे । केही पछि सेयर बजारमा लगानी गर्नेहरु बढे । सबैले त्यहाँ नै लगानी गरेका थिए । अहिले ईभीमा लगानी गरिरहँदा अवस्था त्यस्तै हुने हो कि भन्ने जोखिम हुन सक्छ । त्यसतर्फ सरकारले पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

बैंकहरुले ईभीमा लगानी गर्दा जोखिमलाई बढी ध्यान दिने भएकाले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पनि आवश्यक रहेको उनको भनाइ थियो । सरकारले बनाउने नीतिमा नै कसले इभि ल्याउन पाउने, त्यसको गुणस्तर लगायतका विषयमाहरु उल्लेख गर्नुपर्ने उनले बताए । ‘अहिले बैंकले गरेको लगानीमा ईभी खरिद भयो । तर दुई वर्षपछि त्यो गाडी ड्यामेज भयो भने उपभोक्ताले त्यो सवारी छोडिदियो भने जोखिम बैंकलाई पर्छ,’ उनले भने ।

ईभीका पाटपुर्जाको उपलब्धता, मर्मत गर्ने जनशक्ति लगायतका विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । नेपाल टेष्ट देश जस्तो देखिएको भन्दै उनले उच्च गुणस्तरका सवारी आयात गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । वातावरणीय प्रभावका हिसावले पनि ईभी अत्यावश्यक रहेको भए पनि त्यसका लागि आवश्यक पर्ने पोलिसीहरु पनि आवश्यक रहने उनको भनाइ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal