Skip to content
Prabhu

एनआईसी एसिया बैंकको ७ लाख १४ हजार संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । एनआईसी एसिया बैंकमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो। संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन ।

बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ ।

global
अर्घाखाँची सिमेन्ट

बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बैंकले जनाएको छ । बिक्रीका निम्ति यसअघि खुला गरिएकामा आवेदन नपरेपछि रोकिएको थियो । पुनः बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal