काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष डा.शिवराज अधिकारीले नेपाल विश्वका देशहरु हिँडेको बाटोमा नै हिँड्नु पर्ने बताएका छन् । नाडा अटो मोबाइल एसोसिएसनले आयोजना गरेको अटो डाइलक कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले नेपाल विश्व हिँडेको बाटोभन्दा अर्को बाटो हिँड्न नसक्ने बताएका हुन् ।
‘हामी विश्व जुन रूपमा हिडेको छ त्योभन्दा रिभर्समा हिडियो भने हामी सकिन्छौँ । त्यसैले हामीहरु पनि सोही अवनुसार अघि बढ्नुपर्छ,’ उनले भने । नीतिहरु पनि एकैपटक परिवर्तन गर्न नहुने उनको भनाइ छ । ‘नीतिमा एकै पटक जम्प गर्न हुँदैन । यसले व्यवसायमा पनि नकारात्मक असर गर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्