काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुझब उपलब्ध गराउन आग्रह गरेको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा सुझाब उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले २०८२ वैशाख मसान्तभित्र सुझाब उपलब्ध गराइदिन हुन अनुरोध गरेको छ । अर्थले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा सुभाव उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
हार्दिक अनुरोध गरिन्छ । उपरोक्त सुझावहरु यस मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने ब्यहोरा जानकारी गराइन्छ ।
प्रतिक्रिया दिनुहोस्