काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा पनि सर्किट लागेको थियो ।
विन नेपाल लघुवित्तको सेयर मूल्य आज २७२ रुपैयाँ ६२ पैसाले बढेर २ हजार ९९८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिन १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको खण्डमा सकारात्मक सर्किट लाग्छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक २ दशमलव ३५ अंकले घटेर कारोबार भइरहेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ८० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्