Skip to content
Prabhu

सेयर बजार घट्दा पनि ३ कम्पनीमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेर बारोबार भएको छ । सेयर बजार घटेर कारोबार भएको दिन तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज बोटलर्स नेपालको सेयर मूल्य १ हजार ६२० रुपैयाँ ८० पैसाले बढेर १७ हजार ८३० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २७२ रुपैयाँ ६२ पैसाले बढेर २ हजार ९९८ रुपैयाँ ९० पैसा पुगेको छ । आजबाट मात्रै दोस्रो बजारमा कारोबार खुलेको नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ५० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गुराँश लघुवित्त र मोलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज गुराँस लघुवित्तको सेयर मूल्य ११० रुपैयाँ ३१ पैसाले बढेर २ हजार ९१९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.९३ प्रतिशतले बढी हो । त्यस्तै मोलुङखोला जलविद्युतको सेयर मूल्य ४.०४ प्रतिशत अर्थात् २१ रुपैयाँ ६९ पैसाले बढेर ५५८ रुपैयाँ १७ पैसा पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal