Skip to content
Prabhu

चीनबाट आयात हुने सबै सामानमा अमेरिकाले लगायो १०४ प्रतिशत ट्यारिफ

nabil
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै सामानमा लागू हुने कर आश्चर्यजनक रुपमा बढाएका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलाइन लेइभेटका अनुसार बुधबारदेखि लागू हुने गरी सबै सामानमा १०४ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरिएको छ ।
global
अर्घाखाँची सिमेन्ट
अमेरिकाले यसअघि नै चिनियाँ सामानमाथि ३४ प्रतिशत ट्यारिफ लगाइसकेको थियो । चीनले अमेरिकामाथि ३४ प्रतिशत ट्यारिफ लगाउने आफ्नो निर्णयबाट पछि नहटेपछि अमेरिकाले उक्त निर्णय लिएको हो ।
चीन अमेरिकामा सामान पठाउने मुलुकमध्ये दोस्रो ठूलो मुलुक हो । चीनले गत वर्ष ४३९ अर्ब डलर बराबरको सामान अमेरिका निर्यात गरेको थियो । साथै अमेरिकाले भने १४४ अर्ब डलर बराबरको सामान चीन निर्यात गरेको थियो ।
राष्ट्रपति ट्रम्पको उक्त निर्णयका कारण अन्य देशमा आइफोन, नाइकी जुत्तालगायतको मूल्य अत्यन्तै धेरै बढ्ने अनुमान गरिएको छ । ट्यारिफ लगाउने निर्णयसँगै एप्पल कम्पनीको शेयर मूल्य ९.३ प्रतिशतभन्दा बढीले घटेको छ । यो सन् २०२० पछि सबैभन्दा कम हो ।
एप्पलले हरेक वर्ष २२ करोड आइफोन बिक्री गर्छ । जसमा अमेरिका, चीन र यूरोप ठूला बजार मानिन्छन् । त्यसबाहेक भारत र पाकिस्तान जस्ता एसियाली मुलुक पनि ठूला बजार मानिन्छन् । यदि ट्यारिफको असर उपभोक्ता मूल्यमा परेको अवस्थामा आइफोनको मूल्इ ४३ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
साथै नाइकी जुत्ताको शेयर मूल्य पनि ट्यारिफको नयाँ दरका कारण १४ प्रतिशतले घटिसकेको छ । ट्यारिफकै कारण कम्पनीको आपूर्ती शृङ्खला अवरुद्ध हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal