Skip to content
Prabhu

पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

nabil

काठमाडौं । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गर्न पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड)लाई पर्वतीय उद्धार तालिम दिइएको छ ।

नेपाल पर्वतारोहण संघको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षक संघले २१ पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको हो । तालिममा सहभागीलाई आज आयोजित कार्यक्रममा संघका अध्यक्ष निमानुरु शेर्पाले प्रमाणपत्र वितरण गरे ।

global
अर्घाखाँची सिमेन्ट

दक्ष प्रशिक्षकले प्रशिक्षार्थीलाई लाङ्टाङ र काठमाडौंमा तालिम दिइएको हो । बीस दिनको तालिममा ‘इन्ट्रोडक्टरी रक क्लाइम्बिङ कोर्ष’, ‘बेसिक माउन्टेन रेस्क्यु’, ‘आइस क्लाइम्बिङ’, ‘हाइ अल्टिच्युट’ लगायत विषयमा तालिम दिइएको थियो । यो तालिमका लागि प्रति व्यक्ति करिब रु एक लाख खर्च लाग्ने जनाइएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पाले समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि तालिम दिइएको बताए । उनले भने, ‘विशेषगरी समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित गराउने, आफू कसरी सुरक्षित हुने तथा ‘क्लाइन्ट’लाई र आरोही कसरी सुरक्षित गर्ने भन्ने उद्देश्यले तालिम दिइएको हो ।’

प्रशिक्षक संघका अध्यक्ष छिरिङ पाण्डे भोटेले पर्वतारोहणलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम र जोखिमपछिको अवस्थामा कसरी उद्धार र व्यवस्थापन गर्ने भन्नेबारे गाइडलाई तालिम दिइएको बताए ।

प्रशिक्षक संघका महासचिव एवं तालिमका प्रमुख प्रशिक्षक पासाङ टेण्डी शेर्पाले आरोही गाइडलाई पर्वतीय उद्धारबारे हिमालमै तालिम दिनुपर्ने आवश्यकता महसुस गरी चार हजार मिटर उचाइको हिउँमा तालिम दिइएको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal