काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले १३ हजार ५०० कित्ता संस्थाक सेयर बिक्रीमा राखेको हो ।
बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सर्वसाधारणले ७ दिन भित्र र संस्थापक सेयधरनीले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ
प्रतिक्रिया दिनुहोस्