Skip to content

दर्गा प्रसाईं पक्राउ अपडेट : प्रहरी भन्छ ‘प्रसाईंको खोजी हुँदैछ’

काठमाडौं । नेपाल प्रहरीले व्यवसाय दुर्गा प्रसाईको खोजी भइरहेको बताएको छ । दुर्गा प्रसाईँ भारतमा पक्राउ परेको र नेपाल ल्याउदै गरेको सूचना सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईको खोजी भइरहेको जनाएको हो । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना चुहिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जिकिर गरेर विज्ञप्ति जारी गरेको हो ।

‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ,’ प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएका् छ । प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima