Skip to content
Prabhu

राज्यले नै गराउँदैन उद्योगहरूको बीमा, जडिबुटी उद्योगको २० करोड क्षतिको भार जनताको करबाट तिर्नुपर्ने

nabil

काठमाडौं । राजावादीको चैत १५ गतेको तीनकुनेको आमसभा गोली चलेपछि आन्दोलनकारीको एक समूहले जडिबुटी सरकारीको सन्चोे कम्पनीमा आगलागी गरे।

उक्त आगलागीबाट कम्पनीमा १५ करोडको क्षति भएको आकलन गरिएको छ । तर, उक्त कम्पनीभने सरकारले बीमा नगरेकाले सबै नोक्सानी आफैं व्यहोर्नुपर्ने भएको छ। सरकारले सो कम्पनीको बीमा नगर्दा धेरै सम्पत्ति गुमाउनु परेको छ ।  क्षतिको दायित्वलाई कम गर्नका लागि सबैले बीमा गर्ने गर्छन् ।

global
अर्घाखाँची सिमेन्ट

आम नागरिकदेखि निजी क्षेत्रका उद्योगीहरूले पनि आफ्ना उद्योगहरूको बीमा गराएका हुन्छन् । जीवन बीमा गर्दा कुनै ठूलो रोग लागेमा त्यसको उपचार खर्च बीमाबाट व्यहोरिन्छ । उपचार खर्चको दायित्व बीमा कम्पनीले व्यहोर्छन् । जसले बीमितलाई कम दायित्व पर्न जान्छ । त्यस्तै निर्जीवन बीमामा आफ्नो सम्पत्तिमा कुनै कारणले क्षति भएको खण्डमा त्यसको दायित्व कम होस् भनेर बीमा गरिन्छ ।

बाढीपहिरो, आगजनी हुलदंगा लगायतबाट हुने क्षतिलाई कम गर्नका लागि अहिले भवन, सवारी साधानको बीमा गरिन्छ । नेपालमा पनि केही वर्ष पहिलेको तुलनामा अहिले यस्तो बीमा गराउनेहरू बढेका छन् । यदि भवन, गाडी वा अन्य सम्पत्तिको बीमा गरिएको छैन र त्यसमा क्षति पुगेको खण्डमा त्यसको सबै दायित्व आफैंले व्यहोर्नुपर्ने हुन्छ ।

बीमा गर्नका लागि आम नागरिकलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । जसले गर्दा कुनै पनि विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । तर, राज्य आफैंले भने आफ्ना उद्योगहरूको बीमा नगराएको पाइएको छ । यही चैत १५ गते आन्दोलनमा आएकाहरूले सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधनमा आगजनी गरे । जसबाट तीनवटा भवनसहित त्यहाँबाट उत्पादन हुने सन्चो र कार्यालयका सवारी सधानहरू जलेर नष्ट भए । तर, उक्त आगजनीमा नष्ट भएका तीनवटा भवनको भने बीमा नगरिएको पाइएको छ । जसले गर्दा अब उक्त आगजनीबाट क्षति भएका तीनवटै भवनको दायित्व सरकारले व्यहोर्नुपर्ने हुन्छ ।

तीनवटा भवनको मात्रै क्षति कति भयो भन्ने मात्रै होइन उक्त आगजनीबाट भएको क्षतिको एकिन विवरणसमेत आउन सकेको छैन ।

तर, प्रारम्भिक रूपमा भने त्यो आगजनीबाट २८ करोडको क्षति भएको अनुमान गरिएको कार्यालयका सूचना अधिकारी धर्मलाल नेपालले जानकारी दिए । बीमा गराएको भए उक्त क्षतिको दायित्व बीमा कम्पनीले व्यहोर्नुपर्ने हुन्थ्यो भने अब सबै दायित्व सरकारले नै व्यहोर्नुपर्ने भएको छ ।

कम्पनीका नाममा किनिएका सवारी साधान र त्यहाँबाट उत्पादन भएको वस्तुको मात्रै बीमा गराइएको र भवनको बीमा नगराइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रका सूचना अधिकारी धर्मलाल नेपालले जानकारी दिए । उनका अनुसार जडिबुटीमा भएको आगजनीबाट दुईवटा सन्चो उत्पादन गरिने फ्याक्ट्री र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ ।

तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरू जडिबुटी पुगेर कम्पनीमा आगजनी गरे । आगलागीबाट कच्चा पदार्थसँगै उत्पादन गरेर बजार पठाउन तयार पारिएको सन्चो पनि जलेर नष्ट भयो । कार्यालय परिसरमा राखिएका सवारी साधानहरू पनि सबै जले । उक्त आगलागीबाट करिब २८ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ ।

क्षतिको एकिन विवरण संकलन गर्ने कार्य भने अहिले पनि जारी रहेको केन्द्रका सूचना अधिकारी नेपालले जानकारी दिए । ‘आगलागीबाट ३ वटा घर, गाडी, मोटरसाइकल, हाम्रा उत्पादनहरू जलेर नष्ट भएका छन् । यसको एकिन तथ्यांक आएको छैन । प्रारम्भिक रुपमा २८ करोडको क्षति भएको अनुमान गरिएको छ,’ उनले भने ।

उक्त आगजनीमा मोटरसाइकलसहित १९ वटा सवारी साधानमा क्षति पुगेको छ । जसमध्ये ५ वटा केन्द्रका आफ्नै सवारी थिए भने बाँकी अन्य कार्यालयका त्यहाँ पार्किङ गरिएका सवारी साधानहरू थिए ।

तीनकुने क्षेत्रमा भएको आगलागीबाट भएको क्षतिको बीमा गराएकाहरूले बीमा कम्पनीमा दाबी भुक्तानीका लागि आवेदन दिइसकेका छन् भने केहीलाई केही कम्पनीले दाबी भुक्तानीसमेत गरिसकेका छन् । तर, सरकारी स्वामित्वको जडिबुटी कम्पनीका भवनको भने बीमा नै नगराएकाले सरकारले नै दायित्व बहन गर्नुपर्ने भएको छ ।

बीमा गराउने भनेको कुनै आपत विपत पर्दा हुने क्षतिबाट हुने दायित्वलाई कम गर्नका लागि गरिन्छ । तर, राज्यको लगानी रहेका उद्योगहरूका भवनहरूको नै बीमा नगराउनु राज्यको कमजोरी हो ।

यस्तो अवस्था आउने अनुमान नै नगरिएकाले बीमा नगरिएको कम्पनीका निवर्तमान महाप्रबन्धक संगिता यादवले लगानी न्युजलाई जानकारी दिइन् । ‘हाम्रोमा आगलागि भयो भने निभाउने उपकरणहरू भने जडान गरिएको थियो । तर, यस्तो अवस्था आउला भनेर सोचिएन,’ उनले भनिन् ।

भवनहरू निकै पुराना भएकाले पनि बीमा नगरिएको उनको भनाइ छ । अहिले जलेका भवनमध्ये दुईवटा भवन निकै पुराना भएको र एउटा नयाँ भनव रहेको उनले बताइन् । ‘२०३८ सालमा बनेको भनव रहेको र संरचना बलियो नै थियो । तर, बीमा भने गरिएको थिएन्,’ उनले भनिन् । पुरानो भवनको नभए पनि नयाँ भवनको भएको छ त भन्ने प्रश्नमा उनले नयाँ भवनको पनि बीमा नभएको जबाफ दिइन् ।

नयाँ पुराना कुनै पनि भवनको बीमा भने गरिएको छैन । यदि ती भवनको बीमा गरिएको भए त्यसको दायित्व बीमा कम्पनीहरूले व्यहोर्नु पर्ने हुन्थ्यो र राज्यलाई कम भार पर्ने थियो ।

आम नागरिकलाई बीमा गराउँनु पर्छ भनेर सचेतना फैलाउने राज्यले नै आफ्नो सम्पत्तिको बीमा नगर्नु निकैले राज्य आफ्नो सम्पत्ति संरक्षप्रति सजक छैन भन्ने देखिएको बीमा विज्ञहरूको भनाइ छ ।

जडिबुटीमा भएको आगजनीबाट सवारी साधन र त्यहाँबाट उत्पादन गरिने सन्चोको क्षतिको बीमा पाउने अवस्था देखिन्छ भने भवनहरूको सबै दायित्व सरकारले व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal